रेशम चौधरीको आम आफिविरुद्द परेको रिटको सुनुवाइ जेल जान सक्ने

काठमाडौं – पूर्वसांसद एवं नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा बिहीबारदेखि सुनुवाइ हुँदैछ ।

टीकापुर घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले रेशम चौधरीको जन्मकैद माफीमिनाहा गर्नु गलत भएको भन्दै सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

रेशमको कैद माफीमिनाहा दिने निर्णय गलत रहेको दाबी गर्दै परेको रिट निवेदनमा बिहीबारदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुन लागेको हो ।

जेठ १५ मा गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको जन्मकैदको सजाय माफी मिनाहा गरेका थिए ।

चौधरीको माफीमिनाहाको निर्णय हुँदा उनी विरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको जन्मकैद सदर मुद्दाको फैसलाको पूर्णपाठ समेत तयार भएको थिएन ।

३ असोजमा संविधान दिवसको अवसर पारेर मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले व्यक्तिहत्यामा दोषी ठहर भएका तरुण दलका नेता योगराज ढकाल ‘रिगल’को कैद मिनाहा गरेका थिए ।

तर हत्यालाई राष्ट्रिपतिले उन्मुक्ति दिएको भन्दै चेतन मानन्धरकि पत्नी भारती मानन्धरले सर्वोच्चमा रिट हालेकी थिइन।

तर १६ कात्तिकमा सर्वोच्च अदालतले उनको कैद मिनाहा गैरकानुनी ठहर गर्दै बदर गरेको थियो ।

टीकापुर घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले रेशम चौधरीको जन्मकैद माफीमिनाहा उनले गृहमन्त्रालयको प्रस्ताव, त्यसका आधारमा मन्त्रिपरिषदबाट भएको निर्णय र सजाय माफीमिनाहा गर्ने राष्ट्रपतिको कदम खारेज हुनुपर्ने माग गरेकी छन् ।

रिगलको मुद्दा जस्तै सर्वोच्चले रेशम चौधरीको मुद्दा पनि उल्टाउन सक्ने धेरै कानुनविदहरु बताउँछन। फाईल तस्वीर  कार्तिक २१