Gold
Bangad salyan

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

काठमान्डौ – सरकारले देशभरि भिडियाे शेयरिङ एप टिकटक बन्द गर्ने भएको छ । आज साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिईन।

टिकटकमा पछिल्लो समय सामाजिक सद्भाव बिथोलिने गतिविधिहरू बढ्दै गएपछि टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयमा सरकार पुगेको शर्माले बताईन।

मन्त्री शर्माले तत्काल टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिँदै कार्यान्वयनमा जान प्राविधिक रूपमा केही समय लाग्ने बताएकि हुन।

सामाजिक सञ्जाल टिकटकबाट लगातार सामाजिक सद्भाव बिथोलिने गरी, हाम्राे पारिवारिक संरचना, हाम्रो सामाजिक सम्बन्धलाई खलबल हुने गरी प्रचारप्रसार भइरहेका छन् ।

यस सन्दर्भमा अहिले तत्काललाई टिकटक बन्द गर्ने भन्ने निर्णय गरेको छ । यसका निम्ति हामीले सञ्चार मन्त्रालयलाई निर्देशन गर्ने भन्ने निर्णय भएको छ । प्राविधिक रूपमा साथीहरू लागिरहनु भएको छ । यो आजैदेखि पनि सम्भव हुनसक्छ ।

यसअघि सरकारले टिकटक मुख्यालयका प्रतिनिधिसँग सामाजिक सद्भाव भड्काउने सामग्री स्वतः हट्ने र त्यस्ता प्रयोगकर्तालाई कारबाही गर्ने विषयमा छलफल गरेको थियो । भारत, अस्ट्रेलिया, बेल्जियम, फ्रान्स, डेनमार्क, क्यानडा, अफगानिस्तान, ताइवान, नेदरल्यान्ड्सलगायतका देशमा पनि टिकटकमाथि प्रतिबन्ध लगाइएको छ । कार्तिक २८