टिकटक भयो पुर्ण रुपमा बन्द
काठमान्डौ – हिजो देखि सरकारले पुर्णरुपमा टिकटक बन्द गरेको छ। अहिले टिकटक खुल्ने गरेको छैन।
नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको थियोे ।
प्राधिकरणले हिजो एक विज्ञप्ति निकालेर निर्देशनको पालना नगरे कारबाही हुने चेतावनी समेत दिए लगतै टिकटक बन्द भएको हो।
अस्ति बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिग्रने वातावरण बनेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो । कार्तिक ३०

