लप्सीफेदीमा एमसिसिको शवस्टेशन बन्न लागेको भन्दै स्थानीयले गरे प्रतिवाद
काठमान्डौ – काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा प्रहरी र स्थानीयको झडप भएको छ।
लप्सीफेदीमा निर्माण हुन लागेको विद्युत् सबस्टेशनको सुरक्षाका लागि प्रहरी पोष्ट राख्न गएको सुरक्षाकर्मी र स्थानीयको झडप भएको हो।
अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसिले शंखरापुरको लप्सीफेदीमा विद्युत् सबस्टेशन बनाउन लागेको भन्दै स्थानीयले प्रतिकार गरेका हुन।
लप्सेफेदीका जनता माथि बिधुतप्रधिकरणले प्रहरी र केही स्थानिय गुण्डा लगाएर जनता माथि करिब राति ६ बजे तिर आक्रमण गरेको स्थानीयले बताए । ढुंगामुढा गर्ने १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवा, तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित तामाङसहित १४ जना रहेका छन् ।
स्थानीयको आक्रमणबाट डीएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी घाइते भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । प्रक्राउ परेकालाई बौद चौकीओथुनामा राखिएको छ । मंसिर २

