Gold
Bangad salyan

जाजरकोटमा भूकम्पपिडित सुत्केरीको चिसोले मृत्यु

जाजरकोट – जाजरकोटमा भूकम्पपिडित सुत्केरीको चिसोले मृत्युु भएको छ। भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको हो।

उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ। स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएको जानकारी दिए।

नलगाड ,८ का वडाध्यक्ष तेजबहादुर सिंहका अनुसार ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको हो।

चदाराले छोरीको जन्म दिएकी थिइन्। गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा १ सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए।

भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरूपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ।

भूकम्प पिडितहरु अहिले सम्म त्रिपालमुनि बस्दै आएका छन भने उनीहरुले राहात पनि पाउन सकस भएको छ।मंसिर ११