भूकम्प पीडितलाई चिसोले थप जोखिम बढ्यो आवासमा जुट्नुस : मन्त्री शर्मा
रुकुम पश्चिम – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प पीडितका लागि अस्थायी आवास छिटो निर्माण गरिसक्न निर्देशन दिएकि छिन।
भूकम्प प्रभावित क्षेत्रका लागि राहतसहित रुकुम पश्चिम पुगेकी शर्माले भूकम्प पीडितलाई चिसोले थप जोखिम बढाएकाले छिटो अस्थायी आवास निर्माण गरी पीडितलाई छानामुनि बसाल्न जिल्लामा रहेका विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएकि हुन।
जिल्लामा रहेका विपद् व्यवस्थापनको समूहले त्यहीअनुसार जनशक्तिलाई प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो परिचालन गर्न गर्न पनि उनले आग्रह गरिन।
मन्त्रिपरिषद्ले यसअघि नै प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मीको समूह परिचालन गर्ने निर्णय गरिसकेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा जनशक्ति परिचालन गर्न सरकारका तर्फबाट प्राप्त हुने पत्रलाई पर्खिरहन नपर्ने उल्लेख गर्दै मन्त्री शर्माले नेपाल सरकाबाट प्राप्त हुने पत्र आउँदै गर्छ, भूकम्प प्रभावित क्षेत्रमा काम गर्न पत्रलाई पर्खिरहन आवश्यक नरहेको पनि बताईन।
अस्थायी आवास निर्माणमा ढिलाइ भएको उल्लेख गर्दै मन्त्री शर्माले उद्धार र उपचारमा खटिएको जसरी अस्थायी आवास निर्माणमा पनि नतिजा देखाउन र चिसो बढ्दै गएकाले अस्थायाी आवास निर्माण ढिला नगर्न निर्देशन गरिन ।
विपद्को बेला देखिएको सक्रियताप्रति आमजनसमुदायलाई धन्यवाद समेत ब्यक्त गरेकि हुन। भूकम्पबाट बचेका पीडितहरुले हाल सम्म आवास गाँस नहुँदा झन्डै एक दर्जन बढीको मृत्यु भैससकेको छ। मंसिर १८

