Gold

होलि खेलेर रमाईलो गर्दै कर्णाली नदीमा हाम फालेका १७ जनामा एक जना वेपत्ता

चैत १२

Naumule Migrate

काठमान्डौ – होलि खेलेर रमाईलो गर्दै कर्णाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन्।

हाेली पर्वकाे अवसरमा साेमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पाैडी खेल्न उनिहरुले हाम फालेको भिडियोमा देख्न सकिन्छ।

हाम फालेका १७ जनामध्ये एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लाेकेन्द्र शाही छन्।

पुलबाट हाम फाल्दा फाेटाे सुट गर्दै पाैडी खेल्न नदीमा हाम फालेका उनी बेपत्ता भएका हुन्। डुङ्गा लगेर उनको खोजी गरिएपनि उनी फेला परेका छैनन।

 

Naumule Badhipahiro