ओलिले बालेनलाई भने डोजर देखाएर सुकुम्बासी तर्साउने
काठमान्डौ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले गरिबलाई देखि नससहने गरेको बताएका छन।
आज पार्टी निकट भूमि अधिकार तथा श्रमिक संगठन नेपालले आयोजना गरेको कार्यक्रलाई सम्बोधन गर्दै उनले बालेनले गरिब सुकुम्बासीमाथि ज्यादती नगर्न समेत चेतावनी दिएका हुन् ।
सुकुम्बासीका छाप्रा भत्काउन डोजर लिने र गरिबका छाप्रा भत्काउन गरिबकै छोराछोरी प्रयोग नगर्न समेत आग्रह गरे।
सुकुम्बासीका प्लाष्टिक हालेका छाप्रा छन्, भत्काउन जान्छ डोजर । सुकुम्बासीका प्लाष्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छ ?
कर्कला फाड्न बन्चरो लिएर जाने ? सुकुम्बासीको समस्या समाधान गर्नुपर्यो, डोजर देखाउने होईन । डोजर गरिबले नै चलाउने हुन्, कुनै धनीले पुँजीपतिले डोजर चलाएको थाहा छैन ।
गरिबका छोराले डोजर चलाउने हो । तिनलाई आफ्नै विरुद्ध डोजर चलाउन नलगाउनुस् । गरिबकै विरुद्ध, गरिबवस्तीकै विरुद्ध, गरिबका छोराछोरीलाई डोजरका टाउकामा बसेर भत्काउने काम नलगाउनुस् उनले भने ।
अध्यक्ष ओलीले भत्काउने अभियान नभएर बनाउने अभियान चलाउन आग्रह गरे । सुकुमवासीको आवासको समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ ।
जनताको काम गर्न सरकारका गएको दाबी गर्दै उनले सुकुम्बासीको समस्या समाधानका लागि प्रयास गरिरहेको बताए ।
यस्तै उनले समस्या समाधानमा सुकुम्बासी कहिले पनि बाधक नभएको बताए । उनले सुकुम्बासीमाथि ज्यादती नगर्न चेतावनी दिए ।
सुकुम्बासीको छाप्रोमा गएर लालाबाला तर्साउँदैमा बहादुरी नहुने हुँदैन , ज्यादती सुकुम्बासीमाथि नगरौं । कहीँ हेप्ने मान्छे भेटिएन अनि गरिब हेप्ने ? थर्काउने, तर्साउने कहीँ भेटिएन अनि छाप्रामा गएर सुकुम्बासीका लालाबाला तर्साएर कुन बहादुरी हुन्छ ? भन्दै अध्यक्ष ओलिले बालेनलाई प्रश्न गरे। बैशाख २०