Gold
Bangad salyan

क्रिकेट जगत्‌का महान् खेलाडी ब्रायन लारा नेपालमा

मंसिर २८

Salyan

काठमान्डौ – क्रिकेट जगत्‌का महान् खेलाडी तथा वेष्टइण्डिजका पूर्व कप्तान ब्रायन लारा काठमाडौं आइपुगेका छन्।

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका लारालाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए। उनी नेपाल क्रिकेट संघ क्यानको निमन्त्रणामा नेपाल आएका हुन्।

लाराले जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा खेलाडीहरूसँग पनि साक्षात्कार गर्ने बताइएको छ। उनी नेपाल प्रिमियर लिग (एनपीएल) अवलोकनका लागि कीर्तिपुरस्थित त्रिवि मैदान गएका छन् । उनले पाँच ओभर एनपीएलको कमेन्ट्री गर्ने बताइएको छ ।

ट्रिनिडाड एन्ड टोबागोका महान ब्याटर ५५ वर्षे लारा ओडीआई र टेस्ट क्रिकेट दुबैमा १० हजारभन्दा बढी रन बनाउने विश्वका सात खेलाडीमध्ये लारा एक हुन् ।

टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान लाराकै नाममा छ । लारा प्रथम श्रेणी क्रिकेटको एकै इनिङ्समा सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् । उनी तीन दिन पछि नेपालबाट बाहिरीने छन।