Gold
Bangad salyan

माघे सक्रान्तिको दिन घर लिप्ने माटो खनदा महिलाको च्यापीएर ज्यान गयो

माघ १


बझाङ – माघे सक्रान्तीकै दिन बझाङमामा घर लिप्ने माटो खन्न गएकि महिलाको माटोको ढिस्कोले पुरेर एक जना महिलाको मृत्युु भएको छ।

थलारा गाउँपालिका–३ देवल स्थायी घर भएकी राधिका जोशी (उपाध्याय)को घर पोत्ने माटो लिन जादा माटोको खानि माथि रहेको ठुलो ढुङ्गाले च्यापिएर घटना स्थलमै मृत्यु भएको हो।

मृत्यक उपाध्यायको ४० दिनको नाबालक बच्चा र अढाइ वर्षको एक छोरा टुहुरो भएका छन्।

माघी पर्वको मुखमा नै २४ वर्षीया राधिकाको निधनले सिंगो गाउँ शोकमा डुबेको छ। उनका श्रीमान कुलराज उपाध्याय गौमुल गाउँपालिकामा प्रशासन सहायकको रुपमा कार्यरत रहेका छन्।