Gold
Bangad salyan

उज्यालो अभियान्ताका नायक कुलमानलाई सरकारले पदबाट हटायो

काठमान्डौ – आजको क्याबिनेट बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ।

कुलमानलाई हटाउन उर्जामन्त्रीले पटक पटक मन्त्रीपरिषदको बैठकमा किर्ते कागज पेश समेत गर्ने गरेका थिए ।

कुलमानको पदावधि आगामी  असारसम्म मात्र थियो। तर सरकारले उनलाई आज पदबाट हटाएको छ। कुलमान उज्यालोका नायक हुन ।

१८ घन्टाको लोडसेडिङ अन्त्य गर्ने नायक कुलमानको नाम ईतिहासमा लेखीने पक्कै छ।  यस्तै कुलमानलाई हटाएको भन्दै चौतर्फी सरकारको आलोचना भएको छ।

सरकारले  प्राधिकरणकै सेवा निवृत्त कर्मचारी हितेन्द्रमान शाक्यलाई सो पदमा नियुक्त गरेको छ। चैत ११