Gold
Bangad salyan

महानगरको काठमाडौं टावर भत्काउने तयारी

चैत १३

काठमान्डौ – काठमाडौं महानगरले काठमाडौं टावर भत्काउने तयारी गरेको छ। काठमाडौं टावरको नक्सा पास सम्बन्धी विवाद उत्कर्षमा पुगेपछि महानगरले भवन भत्काउने निर्णय गरेको हो ।

मेयर बालेन शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले सरकारको मिलेमतो रहेको दाबी गर्दै भने, “सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएर महानगरलाई नाकाबन्दी गरेको छ।

टावरको नक्सा पासलाई लिएर यस्तो अवस्था सिर्जना गर्नु भनेको सरकारकै संलग्नता देखाउने प्रमाण हो। त्यसैले, सत्य बाहिर ल्याउन हामीले भत्काउने तयारी गरिरहेका छौँ।