surkhet

रवि लामिछानेलाई डिएसपि अनिल घिमिरेले भने अन्तिम ईच्छा के छ

surkhet

काठमान्डौ – राष्ट्रीय स्वतंत्र पार्टीका सभापति रवि लामिछानेलाई
अन्तिम ईच्छा के हो भनेर सोध्ने डिएसपिलाई कारबाहीको माग गरिएको छ।

यस्तै प्रहरीले पक्राउ पुर्जी समेत नलगेर रवि लामिछानेको बेडमा बसेर लेख्न सुरु गरेको थियो। मृत्यु दण्ड दिने लाग्दा व्याक्तीलाई सोध्ने प्रश्न डिएसपिले लामिछानेलाई सोधेको भन्दै चौतर्फी विरोध भैइरहेको छ।

सहकारी ठगी आरोपमा लामिछानेलाई समात्न पौने ९ बजे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त टोली हात्तीगौंडास्थित सिजी हिल्समा रहेको लामिछाने निवास पुगेको थियो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्ट, डीएसपी अनिल घिमिरे लगायतले लामिछानेलाई अदालतको आदेश कार्यान्वयनका लागि भन्दै आफूहरूसँगै जान भनेका थिए ।

Dailekh
Gorkha

तर उनले औपचारिक कागजात माग्न खोजे । ‘प्रहरी पक्राउ पूर्जी समेत नलिई आएको थियो,। त्यसपछि रास्वपाका उपसभापति डिपी अर्याल, सांसद् शिशिर खनाल, गणेश पराजुली, नेता प्रणय रानाहरुले कागजात प्रहरीलाई मागेका थिए । केही बेर सवाल जवाफ समेत भएको थियो।

उनलाई जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी ठगीमा १८ माघ २०८१ मा एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

आदेशलगत्तै उनी त्यस बराबरको बैंक ग्यारेन्टी बुझाएर छुटेका थिए ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशहरू रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले शुक्रबार त्यो आदेश बदर गर्नुपर्ने ठहर गरेको थियो । चैत २३

 

salyan