Gold
Bangad salyan

सुर्खेतमा कस्ले चलायो गोलि घरको छाना छेडेर बाटोमा निस्कियो

चैत २३

सुर्खेत – सुर्खेत वीरेन्द्रनगर १० बुलबुले टोल स्थित युबराज रिजालको  घरमा अज्ञात समूहले गोलि हानेको छ।गोलीले घरको छाना छेडेर  बाटा समेत प्वाल परेर बाटोमा झरेको छ।

बिहानको नास्ता पकाएर  खान लागेको बेला  एक्कासी गोलीले टिनको छाना छेडेर प्लास्टिक र फिउस (आल्मुनियम) को बाटा छेडेको युबराज कि श्रीमति टीका रिजालले बताइन ।

घटनाको अनुसंधान भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले बताएका छन्।