Gold
Bangad salyan

रविको समर्थन गर्दै नायिका मनिसा कोईराले गरिन हस्ताक्षर

असार २६

Salyan

काठमान्डौ – सरकारले प्रतिसोध साँधेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा नायिका मनिसा कोइरालाले पार्टी कार्यालय बनस्थली पुगेर बिहीबार हस्ताक्षर गरेकी हुन् ।

हस्ताक्षर गरेपछि प्रतिक्रिया दिंदै कोइरालाले रविमाथि राज्यबाट अन्याय र दुव्र्यवहार भइरहेको बताइन् । उनले राज्यबाट भइरहेको अन्याय र दुव्र्यवहारविरुद्ध आवाज उठाएको बताइन् ।

उनले भनिन्, ‘म कुनै पनि पार्टीमा आबद्ध छैन । एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुव्र्यवहार भइरहेको छ त्यसकोविरुद्ध आवाज उठाउन आएकी हुँ ।

जसले पनि समाचार हेरिरहेको छ, जसले पनि बुझिरहेको छ, पक्कै पनि रविमाथि दुव्र्यवहार भइरहेको छ । अहिले रवि लामिछानेमाथी राजनितिक प्रतिसोध भएको भन्दै पार्टीले जन्ताको हस्ताक्षर संकलन गरिरहेको छ।