सल्यान शारदा नगरपालिका वडान ११ को कार्यलयमा जनप्रतिनिधि रक्सी खादै गरेको भिडियो सार्वजनिक
पौष ८

सल्यान – शारदा नगरपालिका वडान ११ ह्विलचाको कार्यलयभित्र जनप्रतिनिधिहरु जुवा ,तास ,रक्सी मासु खाईरहेको बेला फेला परेको जानकारी प्राप्त भएको छ।
गत शनिबार राती स्थानीय युवा सन्तोश रोकाका अनुसार करिब ९ बजे वडा अध्यक्ष राजेश शर्मापनि कार्यलयमा फेला परेका थिए ।
रोकाका अनुसार गोप्य सूचनाका आधारमा कार्यलयभित्र केही व्याक्तीहरु वडा कार्यलयमा छिरेको थाहा पाएपछी उनीहरु त्यहा प्रवेश गरेका थिए ।

रातीम छ्ड्के हानेका युवाहरु
सार्वजनिक भिडियोमा वडा कार्यलयभित्र तास राक्सी मासु चिउरा फेला परेको देखाइएको छ। त्यहा कुकुर पनि फेला परेको छ।
वडा अध्यक्ष राजेश शर्माले भने राती आफू कार्यलयमा योजनाका कामले साउनाबाट आएको बताए । तर उनले भने जिवनमा रक्सी नखाने गरेको बताए ।
कार्यलयमा रहने सबै प्रतिनिधिले समेत रक्सि नखाने गरेको उनको भनाई छ। भोलि पल्टनै उनले पत्रकार सम्मेलन गरेर आफुहरुलाई फसाउन प्रपन्च गरेको बताए ।
कार्यलयमा सिसि क्यामेरा रहेको र यो हर्कत कस्ले गर्यो सबै सत्य तथ्य बाहिर आउने उनको भनाई छ।

