रवि लामिछानेको अपराध कसुर फिर्ता लिने महान्यायाधिवक्ताविरुद्द सर्वोच्चमा रिट
काठमान्डौ – रास्वपा सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर दाबी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
शुक्रबार युवराज पौडेल (सफल) र कानुनका विद्यार्थी आयुष बडाललगायतले छुट्टाछुट्टै रिट पेस गरेका हुन्।
पुस ३० गते महान्यायाधिवक्ता सबिता भण्डारीले उक्त मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन्।
निवेदकहरूले यो निर्णय गैरकानुनी भएको दाबी गर्दै बदर गर्न माग गरेका छन्।
संविधानमा नभएको धारा समेत प्रयोग गरेर रवि लामिछानेलाई अदालतका न्यायाधीशहरुले धरौटीमा रिहा गरेका छन। जस्ले गर्दा नेपालको न्यायलयमाथी प्रश्न उठेको छ। माघ ६

