स्पेनमा अलपत्र परेका सयौ नेपालीको उद्दारमा केशव कडेल
फालगुन ३
काठमान्डौ – स्पेनमा पुगेर अलपत्र परेका सयौ नेपालीहरुको केशवराज कडेलले उद्दार गरेका छन। जनप्रगतिशील मञ्च, स्पेनका उपाध्यक्ष पूर्व एनआरएन स्पेनको पुर्व उपमहासचिव केशवराज कडेलले आफ्नो सक्रिय भूमिका देखाउदै विभिन्न कारणले स्पेनमा अलपत्र परेका तिनसय जना नेपालीहरुको उद्दार गरेक हुन।
रोजगारीको शिलसिलामा नेपालको विभिन्न जिल्लाबाट स्पेन पुगेका नेपालीहरु पाकिस्तानिको कब्जासमेत रहेको पाईएको छ।
काम लगाईदिने र आकर्षक तलबको प्रलोभनमा त्यहाँ पुगेका नेपालीलाई कब्जामा राखीएको खुलेको छ। जानकारीपछि कडेलले स्पेनको कानुनी प्रक्रिया , नेपाली संघ संस्था र सम्बन्धि निकायसंग पहलगरि उनिहरुको उद्दार गरेका हुन।

कडेलले संकटमा परेका नेपालीहरूको सुरक्षा, राहत र दीर्घकालीन समाधानमा आफ्नो समय, स्रोत र ऊर्जा सबै समर्पण गरेका छन।
उनको पहलले नेपालीको उद्दार मात्र नभै तत्काल राहत मात्र नभै विदेशमा बसेका नेपालीहरुको आत्मविश्वास, सुरक्षा र पहिचान सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुगेको पाईन्छ।
उनले विदेशी कानुन र आवासीय नियमसम्बन्धी जटिल अवस्थामा, सम्बन्धित निकायसँग समयमै समन्वय गर्नुले नेपालीहरूको आवास सुरक्षित बनाएको छ।

त्यस्तै, कानुनी प्रक्रिया र आवश्यक कागजातका व्यवस्थामा पनि कडेलको पहल निर्णायक भएको छ। यसले समस्या मात्र होइन, दीर्घकालीन समाधान सुनिश्चित गर्ने वातावरण तयार पारेको देखिन्छ ।
कडेलले तत्काल गरेको उद्दार राहातमा मात्र नभै रोजगारी, स्थानीय नियम–कानुनको बुझाइ, कानुनी प्रक्रिया, आवास व्यवस्थापन र आत्मनिर्भर बन्नका उपायहरू उहाँको निरन्तर प्रयासमा पर्दछ।
यो संगै संकटमा परेका नेपालीहरूले तत्काल राहत पाए मात्र होइन, भविष्यका लागि आवश्यक मार्गदर्शन पाएका छन्। यस्तो समन्वय र सक्रियताले नेपाली समुदायभित्र विश्वास र आपसी सहकार्यको वातावरण बलियो बनाएको छ।अन्तर्राष्ट्रिय स्तरमा यो घटना एउटा ठूलो नजिर बनेको छ। ३०० सय भन्दा बढी श्रमिकलाई दासताबाट मुक्त गराउने ती युवा आज पनि मौन रहेका छन्।

केशवराज कडेलले आफ्नो नेतृत्व र सामाजिक सक्रियताबाट केवल समस्यामा परेका नेपालीहरूको हित मात्र नभई स्वदेश र विदेशको आवाजलाई एकसाथ समेट्ने काम पनि गरेका छन।
उनको पहलले नेपाली समुदायले मात्र नभई सम्बन्धित सरकारी र गैर–सरकारी निकायलाई पनि समस्याको वास्तविकता बुझ्न सजिलो बनाएको छ।
पुर्खेउली घर बागलुङ बीउ रहेका कडेल चितवनमा बसाई सराई छन। नेपालको माटोमा रहँदा अन्याय विरुद्ध सधैँ गर्जने र असहायको सारथि बन्ने ती युवाको परिचय नै ‘समाजसेवा’ थियो। परिस्थितिको बाध्यता र पारिवारिक जिम्मेवारीले उनलाई स्पेनको भुमिमा पुर्यायो।

उनी बिगत १९ बर्षदेखि समाजसेविमा लागिरहेका छन भने स्पेननमा आफ्नै व्यावसाय खोलेर १२ जनालाई रोजगारी दिएका छन।
उनि जनप्रगतिशील मञ्च, स्पेनका उपाध्यक्षको रूपमा आफ्नो जिम्मेवारी निभाउँदै विदेशी नेपालीहरूको आवाज, आवश्यक सहायता र आपसी सहयोगलाई मजबुत बनाउन सक्रिय लागिरहेका छन।


