Gold
Bangad salyan

स्वास्थ्य कार्यालय नजिक नहुदा बाजुरामा एक महिलाले बाटोमै बच्चा जन्माईन

फागुन २६

बाजुरा -बाजुरा एक महिलाले बाटोमै बच्चालाई जन्म दिएकि छिन। ब्यथा लागेर छट्पटमा परेकी स्वमिकार्तिक खापर गाँउपालिका २ भीसागाडकि महिलाले बाटो मै बच्चालाई जन्मदिएकि हुन्।

फलागाउ आधारभूत स्वास्थ्य ईकाईमा पुग्न नसकेपछि स्वास्थ्यकर्मी विसना रोकायाले बाटोमै प्रस्तुति सेवा दिएकि हुन्।

आमा र बच्चाको स्वास्थ्य अहिले ठिक रहेको पनि उनले जनाईन। दुर्गम बस्ति र यातायात टाढा स्वास्थ्य कार्यालयका कारण बाजुराका महिलाहरु बाटो मै बच्चा जन्माउने गर्दछन। यो घटना उदाहरण मात्र हो।