मध्यमरातमा एमाले सांसद रेखा शर्मा पक्राउ
चैत १६
काठमान्डौ – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एमालेकी पुर्व सांसद रेखा शर्मालाई राति धुम्बाराहीस्थित निवासबाट पक्राउ गरेको छ।
२०८१ जेठ १४ गते बालुवाटारबाट काठमाडौं महानगरपालिकाले शर्माको घरबाट एक बालिकाको उद्धार गरेको थियो।
शर्माले दाङकी एक नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप छ।
त्यतिबेला मेयर रहेका प्रधानमन्त्री बालेन शाहले सार्वजनिक रूपमा यस विषयमा प्रश्न गरेका थिए।
सांसद शर्मामाथि नाबालिकामाथि कुटपिट गरेको, बाहिर निस्किन नदिएको, बसोबासको राम्रो व्यवस्था नगरेको लगायतका आरोप लगाएको छ।

