Gold
Bangad salyan

बालेन सरकार निरंकुश महेश : बस्नेत

चैत १७

काठमान्डौ – नेकपा एमालेका नेता महेश बस्नेतलाई पक्राउ नगरिने भएको छ।

सामाजिक संजालभरी बस्नेतलाई पक्राउ गरिने खबर आएको थियोे । यो पछि उनले अहिलेको बालेन सरकारलाई निरंकुश सरकार बताएका छन।

उनले भनेका छन निरंकुस बालेन सरकार र कथित गृहमन्त्रीको निर्देशनमा अराजक तत्वलाई उचालेर झुटा मुद्धा लगाउँदै काठमाडौँ जिल्ला प्रहरीले सरकारी वकिलमार्फत पक्राउ प्रक्रिया अघि बढाएको फाइलमा काठमाडौँ जिल्ला अदालतले पक्राउ नगर्न आदेश दिएको छ।

प्रतिशोधको राजनीतिविरुद्ध न्यायालयले चालेको यो कदम स्वागतयोग्य भएको पनि उनले बताएका छन।

पछिल्लो केही वर्ष यता सोभा पाठक नामकि एक महिलाले बस्नेतमाथी आरोप लगाउदै आईरहेकी छिन।

बस्नेतले आफुलाई बिहे गर्छु भनेर नगरेको भन्दै उनले तस्वीर समेत सार्वजनिक गर्दै आईरहेकी छिन। तर बस्नेतले आफू माथी कसैले महिला परिचालित गरिएको बताएका छन।