Gold
Bangad salyan

जेन्जी आन्दोलनका तत्कालिन सिडियो छवि रिजाल पक्राउ

काठमान्डौ –  काठमाडौँका पुर्व सिडीओ छवि रिजाल पक्राउ परेका छन। उनलाई सुविधानगरबाट पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले बताए ।

जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।

भदौ २३ र २४ मा प्रदर्शन हुँदा उनी काठमाडौँको प्रमुख जिल्ला अधिकारी थिए ।

बानेश्वरमा  किशोरहरुको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भनेर रिजालको तीव्र आलोचना भइरहेको छ ।

तर, गौरीबहादुर कार्की नेतृत्वको आयोगमा रिजालले आफुले घातक हतियारबाट गोली प्रहार गर्ने आदेश नगरेको बयान दिएका छन् ।

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक यसअघि नै पक्राउ गरेका थिए ।
जेनजि आन्दोलनमा ७६ जनाको ज्यान गएको छ। चैत १७