घरको तीन तला माथिबाट खसेर बालिकाको मृत्यु
चैत २२
विराटनगर – झापाको विर्तामोड नगरपालिका,५ मा घरको तीन तला माथिबाट खसेर बालिकाको मृत्यु भएको छ।
ताप्लेजुङ फुङलिङ नगरपालिका ३ घर भई हाल विर्तामोडमा डेरा गरी बस्ने हेमसागर भट्टराईकोमा पाहुनाका रूपमा आएकी दमक नगरपालिका–४ का मनोज आचार्यकी ५ वर्षीया छोरी मानस्वी आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
शनिबार बिहान करिब ८:३० बजे घरको तेस्रो तलाको कोठामा खेल्ने क्रममा उनी झ्यालबाट लडेर भुइँमा खसेकी थिइन्। गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

