आपचौर हुँदै निगालचुला जाने सडकको झार रुख तत्काल काट्न नगरप्रमुख बुढाथोकीको एक्सन
जेठ ८
सल्यान – बनगाड कुपिन्डे नगरपालिकाका विभिन्न सडक किनारा नालीमा झार कसिङर रुख बुट्यानले सडक नै अवरुद्द गरेको गुनासो पछि तत्काल नगर प्रमुख कर्णबहादुर बुढाथोकी अनुगमनमा पुगेका छन।
वालुवासंग्रहि देखि ढोरपिपल आँपचौर, पाँचरे, लछुहाले निगालचुला चौर द्रुमखोला , रजै खोला , थापचौर , बस्नेवारा लगायतका सडक किनारा तत्काल सफा गर्न नगरप्रमुखले निर्देशन गरेका हुन।

हिजो सडकमा पुगेर प्रमुख बुढाथोकीले तत्काल सडक किनाराका झार बुट्यान हटाउन आग्रह गरेका हुन। यस्तै उनको एक्सन पछि वालुवासंग्रहि सडक देखि झार काट्न सुरु गरिएको छ।
गाउँ घर पुग्ने यात्रु कच्ची सडकका कारण झार अवरुद्दले गाडी हिड्न असहज भएको समेत चर्को जनगुनासो बढेको थियोे ।
यस्तै विभिन्न सडकहरुमा डोजर लगाएर सफा गर्ने कार्य भैरहेको पनि उनले बताए । नजिकै बर्षाको मौसम आईरहेको हुँदा सडकका नाली सफा गर्ने देखि सफा गर्ने कार्य अगाडि बढिरहेको उनले बताए ।

