Gold
Bangad salyan

ट्रकले ठक्कर दिदा मोटरसाईकलमा पछाडी बसेका एक जनाको ज्यान गयो

जेठ ५

सल्यान – ट्रकले ठक्कर दिदा मोटरसाईकल सवार एक जनाको घटनास्थलमै ज्यान गएको छ।

सुर्खेत गुर्भाकोट नगरपालिका–९ बोटेचौर,भूल्के नजिकै सल्लिबजारबाट आउदै गरेको  ०२-००१ख १२४१ नम्बरको मिनी ट्रकले र  रा,४ प ८६४१ को बाईकलाई ठक्कर दिदा सल्यान शारदा नगरपालिका,सानीखाल निवासी वर्ष ४० का धकबिर भण्डारीको घटनास्थलमै मृ,त्यु, भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सामान्य घाइते भएका छन्। घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।