पार्टीको कार्यक्रममा अनिवार्य हर्क सम्पाङको तस्वीर राक्न उर्दि जारी
जेठ १२
काठमान्डौ – श्रम संस्कृति पार्टीले पार्टीका कार्यक्रमको ब्यानर तथा प्रचारप्रसार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन दिएको छ ।
पार्टीको कोशी प्रदेशका अध्यक्ष प्रताप राई र सचिव दीपक तिमल्सिनाले पत्र जारी गर्दै मातहतका कमिटीलाई साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन दिएका हुन।
पत्रमा भनिएको छ, श्रम संस्कृति पार्टी १ नम्बर प्रदेश मातहतमा रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा, टोलभित्र गरिने कार्यक्रमको ब्यानर तथा प्रचारप्रसार सामाग्रीहरूमा श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्नु, गराउनुपर्ने अनुरोध गर्दछौँ ।

