कुपिन्डे तालमा बीस रुपैयाँ लिनु कुनै ठूलो कुरा होइन : नगरप्रमुख कर्ण ब बुढाथोकि
जेठ १२
सल्यान – कुपिन्डे तालमा घुमघाम गर्दा बीस रुपैयाँ लिनु कुनै नौलो कुरा नभएको नगरप्रमुख कर्णबहादुर बुढाथोकीले बताएका छन।
कुपिन्डे तालमा घुम्न जाने स्थानीय बाह्य व्याक्तीहरुबाट रकम उठाईएको गुनासो बढेपछि हिजो नगरप्रमुख बुढाथोकी कुपिन्डे तालमा पुगेर यस्तो बताएका हुन।
काठमान्डौको रत्नपार्कमा भित्र पस्न पच्चिस लिने गरिन्छ यस्तै सुर्खेतको बुलबुलेमा ताल हेर्न घुम्न पनि २५ रुपैयाँ लिने गरिन्छ भने कुपिन्डे तालमा उठाईएको उक्त रकम ठूलो नभएको र त्यस्लाइ विवादमा नल्लाउन उनले आग्रह समेत गरेका छन।
कुपिन्डे ताललाई पर्यटकिय रुपमा चिनाउन आफू लागि परेको समेत उनले बताए । तालमा पछिल्लो समय फोहरहर बढेको र फोहर फाल्नेलाई सक्त कारबाही गरिने समेत नगरप्रमुख बुढा थोकिले बताए ।
सल्यान जिल्लाकै प्रमुख पर्यटनको रुपमा परिचित कुपिन्डे तालको संरक्षण र प्रबर्द्धनकोलागी डिपिआर समेत भैरहेको उनको भनाई छ। यस्तै उनले केही दिनमा कुपिन्डे तालमा फ्रि वाईफाई छोड्ने समेत बताए ।

