Gold
Bangad salyan

महिलाको सुनको सिक्री लुट्ने चार जना प,क्राउ

जेठ २०

काठमान्डौ – सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले प,क्राउ गरेको छ ।

प,क्रा,उ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका बस्ने धादिङ रूवी भ्याली गाउँपालिका–३ घर भएका २० वर्षीय एनोस तामाङ, २६ वर्षीय हेमन्त तामाङ, काठमाडौं तारकेश्वर नगरपालिका–७ टुसारचौर बस्ने नुवाकोट ककनी गाउँपालिका–२ घर भएका १९ वर्षीय लाक्पा तामाङ र काठमाडौं महानगरपालिका–१२ नरदेवी बस्ने भारत पश्चिम बंगाल प्रान्त हुग्ली घर भएका ५० वर्षीय शुकुमार पात्र रहेका छन् ।

तारकेश्वर नगरपालिका–८ जरङ्खुमा गत ११ गते स्कुटरमा आएका अपरिचित व्यक्तिहरूले एक जना महिलाको सुनको सिक्री लुटपाट गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्याले टेकले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ७५ हजार ८ सय नगद र १ थान स्कुटर फेला परेको छ भने थप अनुसन्धान भैरहेको जनाको छ।