भदौ २३,२४ जेनजि आन्दोलन पूर्वनियोजित र आपराधिक गतिविधि : केपि ओली
काठमान्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेनजि आन्दोलनको नामको घटना सुनियोजित र नियोजित गरिएको बताएका छन।
काठमाडौं बुधबार आयोजित पार्टीको दुई दिने कार्यशालामा बोल्दै ओलीले यस्तो बताउदै उक्त घटनालाई केही पक्षले ‘क्रान्ति’का रूपमा चित्रण गरे पनि त्यो पूर्वनियोजित र आपराधिक गतिविधि भएको दाबी गरेका हुन।उनले नवयुवकहरूको हत्या हुने परिस्थिति सिर्जना गर्ने गतिविधिलाई क्रान्ति भन्न नसकिने बताए।
ओलीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले समेत उक्त घटनालाई पूर्वषड्यन्त्र र प्रायोजित घटनाका रूपमा उल्लेख गरेको दाबी गर्दै त्यसले आफ्नो भनाइलाई पुष्टि गर्ने बताए।
उनका अनुसार तत्कालीन बहुमतप्राप्त सरकारलाई संवैधानिक प्रक्रियाबाट हटाउन नसकेपछि अवैधानिक र आपराधिक माध्यम प्रयोग गरेर विस्थापित गर्ने प्रयास गरिएको थियो।
उनले आगजनी, पेट्रोल बम निर्माण तथा विभिन्न सरकारी तथा सार्वजनिक संरचनामाथि आक्रमण गर्न प्रशिक्षण दिइएको आरोप पनि लगाए।
संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत तथा विभिन्न व्यापारिक संस्थालाई लक्षित गर्दै सूचना वितरण गरिएको उनको भनाइ थियो।
ओलीले लोकप्रिय नेताहरूविरुद्ध झुटा आरोप लगाउने, चरित्र हत्या गर्ने तथा सामाजिक सञ्जालमार्फत असभ्य र अपमानजनक टिप्पणी गर्ने काम समेत योजनाबद्ध रूपमा गरिएको आरोप लगाए।
उनले यस्ता गतिविधिले नेपालको सभ्यता र संस्कृतिमाथि आघात पुर्याएको बताए।
उनले महिलामाथि समेत सामाजिक सञ्जालमा असभ्य व्यवहार हुने गरेको उल्लेख गर्दै यस्ता गतिविधिप्रति सरकार मौन बसेको आरोप लगाए। ओलीले यस्तो प्रवृत्तिलाई ‘दुष्कर्मको चक्र’को संज्ञा दिँदै सरकार त्यसबाट अलग नरहेको दाबी गरे। जेठ २०

