शर्मिला गुरुङ र सन्तोष केसीको गीतिकथा ,,निरमाया,, दर्शकलाई समर्पण ,,

मेरो समर्पण दर्शक श्रोतालाई ,,

असोज ७ , काठमान्डौ – नेपालि गीत संगीत जगतमा नेपालिको मन मुटु छुने संग्रह विल्कुलै कम आउने गर्छन ।जुनसुकै विधा होस् तर जुन तवरबाट भएपनि गीत संगीतको कथा मान्छेको एक पाटो बन्ने गर्छ। कतै माया प्रेम त कतै दुख:को सागर यो यौटा भावीको खेलपनि हो ।यस्तै तेस्तै बिलौना पोखीएको गीत बजारमा ल्याएका छन गायिका शर्मिला गुरुङ र सन्तोष केसीले ।

सन्तोष केसीको सब्द / संगीत र स्वर रहेको निरमायामा नेपाली पन र मन मिलेको देखिन्छ ।गीतले मागेको कथा अनुसार आफ्नै जन्मथलो गुल्मीमा गएर गीत छायांकन गरिएको सन्तोसले रंग दर्पण डट कमलाई जानकारी गरेका छन् ।सबैको मन मुटुमा बस्न सफल आवाज आदर्निय दिदि शर्मिला गुरुङलाई पनि सुभकामना छ। हिर्दयविदारक गीतको निर्देशन कपिल लामाले गरेका छन् ।सुरेश श्रेष्ठले क्यामेरामा कैद गरियको भिडियोमा सारिका केसी र रमेश केसीको अभिनय छ। गीतको सम्पादन प्रविन भट्टको रहेको छ। नजिकिदै गरेको दसैँ तिहारको कल्पना गरेर पनि गीत सम्प्रेसन भएको छ। गीतको अडियो भिडियोमा कुनै कमि छैन ।गीतको भिडियोले गाँउ घरको झझल्को देखाएर दर्शकको मन जित्ने पक्का विश्वास छ । सफलताको सिखर चुमोस गीतले भिडियोको लिङ्कमा जानुहोस ।

 

कृपया समाचार पढी सके पछि ताजा भिडियो र समाचारको लागि हाम्रो पेज लाईक गर्न नभुल्नु होला धन्यवाद ।

https://www.facebook.com/rangadarpan1/