थुना मुक्त भए प्रकाण्ड अब प्रहरीले पक्राउ नगर्ने ,,

असोज,९ काठमाडौं -विप्लव प्रवक्ता प्रकाण्ड रिहामुक्त भएका छन् ।सर्वोच्च अदाललते नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा -प्रकाण्ड) लाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पुनः प्रकाण्डलाई छाड्न आदेश दिएको हो । सर्वोच्चले पटकपटक थुनामुक्त गर्न आदेश दिँदा पनि अदालत परिसरबाटै पक्राउ गरिएको भन्दै वैयक्तिक स्वतन्त्रता हनन नगर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।

तर, प्रकाण्डलाई पुन पक्राउ गरिएको भन्दै सर्वोच्चले भनेको छ, आदेशको सम्मान भएको नदेखीएकाले नेपाल सरकार, गृह मन्त्रालयका सचिवलाई आवश्यक कार्यार्थ यो आदेशको प्रतिलिपी पठाउनू ।सर्वोच्च आदेशसँग प्रकाण्ड थुनामुक्त भएका छन् । यसपटक भने उनलाई प्रहरीले पक्राउ गरेको छैन । सुरुमा काठमाडौँको दक्षिणकाली नगरपालिकाबाट पक्राउ गरिएका विश्वकर्मा विभिन्न जिल्लाका अदालतमा चलेको मुद्दाका आधारमा प्रहरीले अड्डासार गर्दै लगेको थियो ।