काठमान्डौमा यसरि बढेको छ पाकेटमारको धन्दा ,,
पुस २ ,काठमाडौँ – तँपाई काठमान्डौमा यात्रा गर्दै हुनुहुन्छ ध्यान्दिनुहोस आज भोलि सार्वाजानिक यातायातमा पाकेटमार गर्ने गिरोह सक्रिय भयको छ । आज भोलि यो दैनिक घट्ने घटना हुन् साना तिना र मोबाईल चोरी गर्ने त कति छन् कति ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने ७ जनालाई पक्राउ गरेको छ । वृत्तबाट सादा पोशाकमा खटिएको टोलीले चक्रपथस्थित बसुन्धरा क्षेत्रमा विगत पाँच महिनादेखि पाकेटमारी तथा लुटपाट गर्दै आएका ७ जनालार्इ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेका विकास श्रेष्ठ, साइला तामाङ, विवेक तामाङ, धादिङका कुमार मिजार, मकवानपुरका अञ्जन पाख्रिन, सिन्धुपाल्चोकका पूर्णबहादुर विक र सिन्धुपाल्चोककै सुकमान गदललाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ गरेका सात जनासँग रु ७० हजार ५०० नेपाली रूपैयाँ र ५ हजार ५ सय भारू बरामद गरेको छ । त्यसबाहेक उनीहरूबाट विभिन्न देशका नोट ३० थान, मोबाइल सेट सात थानका साथै २०० गाँजा ग्राम बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।
महाराजगञ्ज वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विगत पाँच महिनादेखि सार्वजनिक सवारीसाधनमा चढेर नगद र गरगहना लुट्ने कार्यमा संलग्न रहेकाले उनीहरुलाई जानकारी दिए । ‘लामो समयदेखि सार्वजनिक यातायातमा पाकेटमारी हुने गरेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएका हौँ”, प्रसार्इंले भने ।