जन्मदिने आमा ८ वर्षमा गुमाएका रविलाई कर्म दिने आमा पनि नरहँदा रवि सम्मालिन सकेनन ,,

पुस ११ , कैलाली – रवि ओडको जिनदगिमा सुख भन्ने कुरा कहिले आएन । पहिलो दु:ख त अनु ८ वर्षको हुँदानै उनलाई जन्मदिने आमाको मृतु भयको थियो ।बाबाले दोस्रो बिहे गरे पनि रविलाई कर्मदिने आमा विष्णाले कहिले आमाको माया कमि हुन दिएको रवि बताउछन ।

अब ति आमा पनि यो संसारमा नरहेपछि रविले आफुलाई समाल्न सकेका छैनन् ।रविका तीन भाइ र एक बहिनी छन् । नेपाल आइडलमा भाग लिनुअघि रविले दोहोरी साँझमा गीत गाएर केही आर्जन गर्थे ।

परिवारको भरथेगकै लागि उनले संविधान सभा चुनावका बेला म्यादी प्रहरीमा जागिर खाएका थिए । रविका बाबु गुजरातमा एउटा कम्पनीमा चौकीदारी काम गर्छन् । नेपाल आइडलको फाइनलमा रवी आफ्नो बुवा र आमालाई अगाडि देख्न चाहन्थे ।

उनकी आमा कैलालीबाट आएकी थिइन् । तर, कम्पनीले छुट्टी नदिएपछि बुवा आउन पाएनन् रवि ओड बुधबार बिहान महेन्द्रनगरमा एउटा कार्यक्रममा सम्मान थाप्न जाने तयारीमा थिए ।जब आमाको मृतुको खबर सुनुयो ।

रवि बेहोस भएर उनका साथिले सेती अञ्चल अस्पताल पुर्‍याए ।त्यहाँको शवगृहमा रविकी आमा विष्णाको शव राखिएको थियो । रवि ज्याकेटले आँशु पुछ्दै शवगृहभित्र छिरे ।रवि भन्ने गर्थे, ‘उहाँले मलाई यति माया-ममता दिनुभएको छ कि आफूलाई जन्मदिने आमाको समेत त्यति याद आउँदैन ।

कपडा उठाएर आमाको अनुहार हेरे र घोप्टो परेर रुन थाले । त्यहाँ रहेका उपमहानगरपालिकाका मेयर नृप ओडलगायत व्यक्तिहरुले उनलाई सान्त्वना दिइरहेका थिए ।श्रीमतीको मृत्यूको खबर पाएपछि उनी नेपाल आउन हिँडिसकेका छन् ।

रवि भर्खरै नेपाल आईडल सिजन २ को विजेता भएर कर्म भुमिमा पुगेर आमा लगायत घर परिवार संग भेटघाट गरेका थिए रविले नेपाल आईडलबाट संसारमा नाम चिनाएको र पुरस्कृत भएको हेर्न राम्रो संग नपाउदै उनकी आमाको करेन्ट लागेर मृतु भएको छ ।

आमाको शव आजै अस्पतालबाट घरमै पुर्‍याइएको छ ,आजै मोहना नदीमा दाहसंस्कार गरिने जानकारी भएको छ ।