surkhet

इटालियन पेस्तोलसहित चार युवा पक्राउ ,,

surkhet

पुस १४ भक्तपुर – भक्तपुर नगरपालिका,१ सल्लाघारीस्थित च्वंगा गणेश रेस्टेरेन्टबाट शनिबार एक थान इटालियन पेस्तोलसहित चारजनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार दिउँसो साढे तीन बजे सल्लाघारीस्थित च्वंगा गणेश रेस्टुरेन्टमा हतियारसहितका व्यक्तिहरु बसेको भन्ने विशेष सूचना प्राप्त पाएपछि विशेष सशस्त्र प्रहरी बलको भक्तपुर ब्यासीस्थित भक्तपुर औद्योगिक क्षेत्रमा रहेको २८ गुल्मबाट खटिएको सशस्त्र प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

गुल्मका प्रमुख गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशकुमार सुवेदीका अनुसार मुगु घर भइ हाल सुर्खेत बस्ने २२ वर्षीय भीमप्रसाद दाहाल, कालीकोट घर भइ भक्तपुर सल्लाघारी बस्ने २१ वर्षीय बलजीत शाही, २५ वर्षीय मोतीलाल शाही र १८ वर्षीय जगेश शाहीलाई नियन्त्रणमा लिइएको हो ।

Dailekh
Gorkha

नियन्त्रणमा लिएकामध्ये मोतीलालको साथबाट मेड इन इटाली लेखिएको पेस्तोल एकथान, त्यसमा लाग्ने गोली पाँच राउन्ड र एक थान म्याग्जिन बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए । उनले उनीहरुको साथबाट १२ हजार दुई सय एक रुपैयाँ र दुई थान मोबाइलसमेत बरामद भएको बताए ।

। उक्त सूचना पाउनासाथ गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक देवसिंह भाटको नेतृत्वमा खटिइ गएको टोलीले ती व्यक्तिहरुलाई इटालियन पेस्तोलसहित नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए ।

गुल्मले शनिबार नै उनीहरुलाई सार्वजनिक गरि आवश्यक कानुनी कारबाहीको लागि उनीहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरको जिम्मा लगाइएको गुल्मले जनाएको छ ।

salyan