surkhet

आजदेखि कर्णाली प्रदेशबाट पनि श्रम स्वीकृति,लिन मिल्ने काठमाडौं आउनुपर्ने झन्झट गयो ,

surkhet

माघ,६ काठमाडौं – वैदेशिक रोजगारी सम्बन्धित सेवालाई केन्द्रित भयर सरकारले आज देखि बाट कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ । यसले गर्दा वैदेशिक रोजगारीमा जाने युवा युवतीलाई काठमान्डौ आउने झन्झट हट्ने छ ।भने केहि काठमान्डौमा हुने फजुल खर्चबाट जोगिने छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने घोषणा गरेका थिए । त्यसलगत्तै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने निर्णय लिएको हो ।

कर्णाली प्रदेशको श्रम तथा रोजगार रोजगार कार्यालयबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रम स्वीकृतिा लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको छ ।

Dailekh

श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनःश्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ ।

Gorkha

सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पहिलो चरणमा गत पुस १५ गतेदेखि प्रदेश २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराउन सुरु गरेको छ ।

त्यस्तै सरकारले गत पुस २५ गतेदेखि गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृतिलगायत यससँग सम्बन्धित सेवा प्रदान गर्न थालेको थियो ।

राजधानीको ताहाचलस्थित एकै ठाँउबाट श्रमस्वीकृत लिने वाध्यताले गर्दा युवा युवती महिनौ कुर्न पर्थ्यो। जसमा लाखौ खर्च सहित छिटो श्रमस्वीकृत पाउने आशाले बिचौलीयाको साथ् लिन पर्ने हुन्थ्यो ।,ताहाचलस्थित दैनिक एकहजार भन्दा बढीले श्रमलिने गर्छन ।

जसमा बढ्दो भिड नियन्त्रण गर्न प्रहरीले धद्कपड समेत गर्ने सूचना आईरहनछन ,कतिपयको ढिलाईका कारण विदेश जाने समेत छुटेका छन्। अब भने यो बाट केहि छुटकारा पाउने देखिन्छ।

salyan