Gold
Bangad salyan

नायक बिराज भट्ट बने निर्देशक २४ गते बाट साङ्लो निर्माण हुने ,,

वैशाख २४ गते बाट चलचित्र साङ्लो छयांकन हुने नायक बिराज भट्टले जानकारी गरेका छन्।  यो चलचित्र बिराज आफैले निर्देशन गर्न लागेको पत्रकार सम्मलेन गरि बताएका हुन् ।

नायक भट्टको निर्माण, निर्देशन र अभिनय रहने चलचित्र ‘साङ्लो’को आज घोषणा भएको हो जसमा नायिका पूर्व मिस नेपाल निकिता चण्डक छिन ।

चलचित्रमा कामेश्वर चौरासिया, अमित गिरी लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ।  करिब ५० दिनमा यो चलचित्र छायांकन गरिसक्ने बिराज भट्टले जानकारी गरे ।

जुनसुकै विषयमापनि साङ्लोको कथा छ ,यो म अहिले भन्न चाहन्न , मैले अहिले सम्म समावेश नगरेको विषयलाई उठाएको छु उनले भने।