Gold
Bangad salyan

स्वयम्भूमा गोली चल्यो ,,

साउन २४ , काठमान्डौ – प्रहरीले काठमाडौंको स्वयम्भूमा गोलि चलाएर २ जना युवालाई पक्राउ गरेको छ।

स्वयम्भूको विजेश्वरी हाउजिङको झिँगु क्याफेमा प्रहरीले गोली हानेर लोप्साङ भन्ने विजय लामा र अमृत तामाङलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार लोप्साङलाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको छ ।

गोलि लागेका लोप्साङको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । रामेछापको गेलु घर भएका लोप्साङ धम्क्याउने र लुटपाटमा संलग्न रहेको एसएसपी थापाले बताए ।