Gold
Bangad salyan

विश्व आदिवासी जनजातिले यो वर्षलाई आन्दोलनको रुपमा मनाउने घोसना ,,

साउन २४ , काठमान्डौ – २५ औं विश्व आदिवासी दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी काठमान्डौमा धुम धामले मनाईएको छ ।

संयुक्त राष्ट्र संघको घोषणाअनुसार हरेक वर्ष ९ अगस्टमा विश्व आदिवासी दिवस मनाउने गरिन्छ । अवसरमा नेपाल आदिवासी जनजाति महासंघले माइतीघर मण्डलामा औपचारिक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा विभिन्न जनजातिले आफ्नो भेषभूषामा र साँस्कृतिक झाँकीसहित भृकुटीमण्डपबाट र्‍याली निकालेर मईतिघर मण्डलामा कोणसभा गरेको हो। आदिवासी जनजातिले यो वर्षालाई आन्दोलनको रुपमा मनाउने घोसना समेत गरेको छ।

ओम गुरुङ नेतृत्वको अखिल नेपाल आदिवासी जनजाति महासंघले भने प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा सांस्कृतिक कार्यक्रम आयोजना गरेर दिवस मनाएको छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई समेत कार्यक्रममा ऐक्यबद्धता जनाउन पुगेका थिय । कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगर लगायतले बोलेका थिए ।

कार्यक्रममा महिला पुरुषले आदिवासीका भाषा हाम्रो गौरव ,आदिवासी महिलाहरुको अधिकार सुनिस्चित गर ,ईफ़ ओमेन स्टप द वोर्ल्ड जस्ता नारा लेखेर पम्प्लेट सार्वजानिक गरेका छन्