चौधरीले गाईन नेपालि भाषामा यति मिठो गित,rangadarpan
नेपाली गित संगीतमा रमाउने करोडौ नेपालि छन् , देश देखि विदेश सम्म विभिन्न खालका नेपालि मौलिक गित संगीत बज्ने गर्दछन ।
तेती मात्र नभई पछिल्लो समयमा विभिन्न विदेशीले समेत नेपालि गित गुनगुनाउने गर्ने गरेका छन्। यसै क्रममा चौधरी परिवार भित्र जन्मेकी नेपालि भाषा बोल्न नजान्ने अनु चौधरीले पहिलो पटक यति राम्रो नेपालि भाषामा गित गाएकि हुन्।
सुदुर पश्चिमको कैलालीमा जन्मकि उनले यो माया भन्ने चिज बोलको गित गाउदा धेरैले उनलाई भारतीय चर्चित गायिका संजीवनी संग तुलना गर्न थालेका समेत छन् ।
गित रेकर्ड गर्दा र सुन्दा धेरैले यो प्रतिक्रिया दिने गरेका हुन् , पहिलो नेपालि गितमा नै यति मिठो अवाज दिन सक्ने उनले भविष्यमा धेरै राम्रो गाउन सक्ने सबैको मुल्यांकन हो ,।
उनले हिन्दि र चौधरी भाषाका गितपनि गाउने गरेकी छिन ।,बिकास चौधरीले संगीत र सागर मल्लले शब्द कोरेको यो माया भन्ने चिजमा उनको स्वर छ , ।
उक्त गितलाई चर्चित निर्देशक शिब बकले निर्देशन गरेका छन्, भने सुरेश श्रेष्ठले छायांकन गरेका छन्। रबिन बिकको सम्पादन भिडियोमा ओम विकल , दिव्या , देवी थापाको अभिनय देख्न सकिन्छ ।
, गितलाई रंग दर्पण ईन्टरटेनमेन्टले बजार व्यवस्थापन संगै आफ्नै युटुब च्यानलबाट सार्वजानिक गरेको छ , हेर्नुहोस यो भिडियो ,

