Gold
Bangad salyan

कालिकोटको कालोबाट धर्म राज न्यौपानेलाई अमिन नेशनल म्युजिक अवार्ड २०१९ ,

पुष १ ,काठमान्डौ – कालिकोटको कालोले अमिन नेशनल म्युजिक अवार्ड २०१९ हात पारेको छ ।,

देउडा गित कालिकोटको कालो बोलको गितबाट गायक धर्मराज न्यौपाने शिशिरले अमिन नेशनल अवार्ड हात पारेका हुन् ।,यो गितको शब्द संगीत र स्वर धर्म राजले गरेका हुन्।

,ईतिहासमै नेपालको सबै भन्दा ठुलो नेशनल म्युजिक अवार्डले विभिन्न ६५ विधा गरि ३२५ जनालाई अवार्ड वितरण गरेको थियो ।

,रास्ट्रिय नेपाल संगीत उधोग संघले आयोजना गरेको अमिन नेशनल अवार्ड २०१९ लाई नेपालि टेलिभिजनले प्रतक्ष प्रसारण समेत गरेको थियो ।

नेपाल भरबाट गित संगीतमा लागेका सर्जक गायन मोडल ,निर्देशक ,छायाँकार ,भाषा भाषीका गित संगीत निर्माण सबैलाई समेटेर नेशनल म्युजिक अवार्ड वितरण गरिएको थियो ।

नेपालमा विभिन्न खालका अवार्ड भईरहेको र ब्याक्ति वादी अवार्ड हुने विभिन्न बहानामा कलाकारलाई विदेशको भ्रमण मिलाईदिने भन्दै अलपत्र पर्दै गरेका घटना बाहिर आईरहेको बेला संगीत उधोग संघले कुशल श्रस्टा र प्रस्तोतालाई यो यो अवार्ड वितरण गर्न लागेको बताएको छ ।

अवार्डमा मह जोडी मदन कृष्ण श्रेष्ठ ,हरि वंश आचार्यलाई सम्मान स्वरुप लाईफ टाईम एचिभ्मेण्ट अवार्ड सहित नगद रु ५५५०५ ले पुरस्कृत गरिएको थियो ।भने राम कृष्ण ढकाललाई रजत स्वर अवार्डले सम्मान गरिएको छ।