Gold
Bangad salyan

चीनमा रहेका नेपालीको एक दिन एक रात भन्छन कसरि बाँच्ने ,

फागुन २ ,काठमान्डौ – चीनमा रहेका १८० जना नेपालिले नेपालि जहाज पर्खिरहेका छन् ।

उनीहरुको मनमा मात्र रात कति बेला पर्छ र उज्यालो कति बेला हुन्छ भन्ने कुरा मात्र मनमा खेल्ने गरेको चीनमा अध्यनरत एक विद्यार्थीले हामीलाई बताए ।

कोरोना भाईरसबाट चीनको वुहानमा रहेका नेपालीलाई लिन भोलि पौने ३ बजे नेपाल वायुसेना निगमको वाईबाडि विमान चिन जाँदै छ ।

चीनमा अहिले कोरोना भाईरसको महामारी छ ।कोरोना भाईरसले ग्रसित चीनको प्रान्त हुबेईको वुहानमा क्षेत्रबात नेपालि फिर्ता ल्याउन लागेको र तेस्को लागि नेपालमा पूर्ण रुपमा तयारी पुरा भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् ।

चीनमा रहेका नेपालिलाई ल्याएर खरिपाटीमा राखिने पनि उनले बताए जसका लागि चारवटा ब्लकमा १ सय ९९ बेड तयार गरिएको छ ।

चीनमा रहेका नेपालिलाई लिन जाने नर्स ,डाक्टर ,पाईलटहरुलाई समेत १४ दिन क्वारेन्टाइनमा राखिने र तेस्को लागि सबै तयारि पुरा सम्पनन भईसकेको समेत मन्त्रि ढकालले बताए ।

चीनमा रहेका कुनै पनि नेपालीमा क्वारेन्टाइन परीक्षणका क्रममा कोरोनाको संक्रमण देखिए चीनमै उपचार गरिने पनि बताईएको छ ।

त्यसका लागि २४ घण्टा नै एम्बुलेन्स र आइसोलेसन बेड उपलब्ध रहेको उनले जानकारी दिए।

मन्त्री ढकालले सबै अस्पतालका प्रतिनिधिलाई बोलाएर आ—आफ्नो अस्पतालमा आइसोलेसनसहितको ठाउँ छुट्याउनुपर्ने र कुनै व्यक्तिमा आशंका देखिएमा अर्को अस्पताल रिफर नगरी त्यहीँ राखेर उपचार गर्नुपर्ने प्रबन्ध मिलाउन निर्देशन दिइएको पनि जानकारी दिए।

चीनमा रहेका आफ्ना नागरिकलाई सबै देशले फिर्ता लागिसकेको छ। नेपालले पनि आफ्ना नागरिकलाई फिर्ता ल्याउने गरि आफ्नो तयारि पुरा गरेको छ ।

चीनमा हाल सम्म ६५ हजार ब्ताक्ति कोरोनाबाट संक्रमित छन् भने १ हजार भन्दा बढीको ज्यान गैसकेको छ । कोरोना भाईरस हाल सम्म २५ वटा देशमा फैलिसकेको छ ।