चीनमा कोरोना नियन्त्रणमा आउन सकेन मृतकको संख्या १४८८ पुग्यो ,
फागुन २ ,काठमान्डौ – – चीनको हुबेई सहरबाट महामारीको रुपमा फैलीएको कोरोना भाईरस नियन्त्रणमा आउन नसक्ने चिनियाँ अधिकारि हरु बताउछन ।
आफुहरुले कोरोना भाइरस नियन्त्रको लागि लाखौ प्रयास गरेपछि दैनिक जस्तो संक्रमितको मृतु हुने गरेको उनीहरु बताउछन ।
चीनमा आज मात्र कोरोना भईरसका कारण ११६ जनाको मृतु भएको डब्लू एचओ जनाएको हो।
चीनमा अहिले सम्म कोरोना भाईरसबाट मृतु हुनेको संख्या १४८८ पुगेको छ ।चीनमा कोरोनाबाट संक्रमित हाल सम्म ६५ हजार पुगिसकेका छन्।
भने ति मध्ये २० हजारको अवस्था गम्भीर देखिएको छ । २५ वटा देशमा फैलिसकेको कोरोना भाईरसले विश्वभरनै तरंगित बनाएको छ ।

