अध्यक्ष विष्णु भट्ट र धिरज उपरकोटिको पहलमा हेलिकोप्टरमार्फत घाईतेको उद्दार
फागुन २७ ,काठमान्डौ – गोरखा बारपाक सुलिकोट गाउँपालीका अध्यक्ष बिष्णु भट्टको निर्देशन र वन मन्त्रालयका सचिवालय सदस्य धिरज उपरकोटीको पहलमा दुई वटा हेलिकप्टर मार्फत दुर्घटनाका घाईते हरुको गरिएको छ।
आज बिहान ७ बजे बारपाक सुलिकोट गाउँपालीका वडा न. ४ शौरपानीरन्चोक बाट १३ जना सवार बोकी गोरखा हिडेको जिप शौरपानी क्यायुराको खहरे खोलमा दुर्घटना भयको थियो ।बा च १०१६ नम्बरको बोलेरो सड्कबाट १५० मिटर तल खसेको हो ।
दुर्घटना भएको खबर पाएलगतै गाउँपालीका अध्यक्ष बिष्णु भट्टले धिरज उपरकोटीलाई फोन मार्फत जिप दुर्घटनाका सिकिस्त घाईतेलाई उद्दारको लागि हेलिकोप्टर खोज्न आग्रह गरेका थिए ।
आग्रहपछि धिरज उपरकोटीले माउन्टेन एयरको हेलिकोप्टरलाई फोन मार्फत तत्काल जिप दुर्घटनाक्षेत्रमा गई सिकिस्त घाईतेहरुको उदारको लागि पहल गरेका थिए ।
सिकिस्त ४ घाईतेहरुको अहिले काठमान्डौ सामाखुसीस्थित ग्रिनसिटि अस्पतालमा उपचार भईरहेको छ भने अन्य घईतेहरुको जिल्ला अस्पतालमा उपचार भैइरहेको धिरज उपरकोटीले रंग दर्पणलाई जानकारी गराए ।
यो पनि,,
दुर्घटनाका घाईतेलिन उडेको हेलिकोप्टरमाथि कांग्रेस सांसद दवाडीको लापरवाही ,

