पुण्य गौतमलाई कुट्पिट गर्ने तिनजना युट्युवर पक्राउ ,
फागुन ३० ,काठमान्डौ – कुटपिटमा संलग्न ३ जना युट्युवरलाई महानगरीय प्रहरी बृत्त गौशालाले पक्राउ गरेको छ ।
पुण्य गौतम नाम गरेका ब्यक्तिलाई हातपात गरेको र लछारपछार गरेको अभियोगमा ३ जनालाई हिरासतमा लिईएको गौशाला प्रहरी वृत्त प्रमुख डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिए ।
कुटपिट र लछारपछारमा संलग्न युट्युवरहरु सन्तोष सापकोटा, दिपेश श्रेष्ठ र कमल बस्नेतलाई पक्राउ गरिएको डिएसी सिंहले बताए ।
उनीहरुमाथि प्रमुख जिल्ला अधिकारीले हेर्ने अभद्र ब्यवहार अन्तर्गतको मुद्धा दर्ता गरिएको छ ।
केहिदिन अगाडीमात्र पुण्य गौतमलाई आक्रमण गरेको भिडियो सामाजिक संजालमा अपलोड भएको थियो ।
आक्रमणकारीहरु पत्रकार हुन् हुन् वा युट्युवरहुन् तेस्को अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समययता घरझगडाको विषयलाई लिएर गाँउ,गाँउमा पुगेर आफुलाई पत्रकार भन्नेहरुको बिगबिगी छ ।
घरायसी झगडालाई झन् विवाद बनाउने कतिपय संवेदनशील कुरालाई बाहिर फेसबुकमा राखेर भाईरल गराउने जस्ता काण्ड बाहिरिएका छन् ।
जसमा प्रहरीले सुक्षमा अनुसन्धान गरिरहेको पनि बताएको छ ।ति कसैलाई पनि नछोड्ने प्रहरीले बताएको छ ।
कानुन र प्रहरीलेले हेर्ने काम पत्रकारहु भन्दै भिडियो बनाउनेहरु अत्यधिक छन् हामि सबै अनुसन्धान गर्छौ र नराम्रो कार्य गर्नेहरुलाई कारवाही गर्छौ एक प्रहरी जवानले बताए ।

