Gold
Bangad salyan

पत्रकार हु भनेर घर घरमा पुगेर घर झगडाको भिडियो आउट गर्ने कसैलाई प्रहरीलेन छोड्ने ,

अतिसंवेदनशील कुरा समेत बाहिरिएक छन् जसले कसैको जीवनमा खेलबाड गरिरहेको छ

फागुन ३० ,काठमान्डौ – पछिल्लो समय युट्युवेहरुको बिगबिगी भएको भन्दै प्रहरीले तिब्र अनुसन्धान गर्ने बताएको छ ।

पत्रकार हु भन्दै घर घरमा पुगेर कसैको झगडाको विषयलाई ल्याएर भिडियो बनाउने पत्रकार युट्युवे कसैलाई नछोड्ने गौशाला प्रहरी वृत्त प्रमुख डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिए ।

गाँउ गाँउमा पुग्ने ,र घरयासी विवाद ,विदेशीका कुरा ,दोश्रो विवाह लगायतका कुरालाई बाहिर ल्याउने सामाजिक संजालमा नानाथरी पोस्ट गर्ने अत्यधिक बढेको छ ।

तेस्तै य़ुटुबमा अतिसंवेदनशीलका घटना बाहिर ल्याईएको छ ।कसैको जीवनमाथिनै खेलबाड गर्ने खालका घटना बाहिरएक छन् ।

सम्वन्धका कुरालाई बाहिर ल्याएर बिछोड गराउने समेतका घटना बाहिरिएका छन् यसमा हामि सुक्षम अनुसन्धान गरिरहेका छौ ।

नेपालमा पत्रकारको नाममा अफवाह फैलाउदै कार्ड भिर्दैमा वास्तविक पत्रकारको बद्नाम भएको छ ।हामीले यो विषयमा प्रेस्काउन्सिल र पत्रकार महासंघमा पनि खबर गरिसकेका छौ एक प्रहरी जवानले बताए ।

कतिपय पत्रकारले राम्रो काम गरेपनि केहि पत्रकारले गर्दा सबैको बदनाम भएको पनि प्रहरीले जनाएको छ ।

आफ्ना कुरा बोलेर भाईरल हुने र राज्यका उच्च तवरका नेता कार्यकर्तालाई गालि गलौज गर्ने गरेको पाईएको छ यसमा हाम्रो ध्यानआकर्षण भएको छ ।

त्यो कति बेला को पर्छ थाहा हुन्दैन अध्यन जारि छ उनले भने । सामाजिक संजालमा अभियानको नाम दिएर पैसा उठाउने र खाने माईतिघर घेर्ने जस्ता क्रिकलाप गर्ने जो कोहिलाई कारवाही गरिने प्रहरीले बताएको छ ।

दर्ता भएका नेपाल सरकारलाई कर तिरेका मिडिया हुन् वा होईनन प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

यो पनि ,

पुण्य गौतमलाई कुट्पिट गर्ने तिनजना युट्युवर पक्राउ ,