दैलेखमा स्याललाई हानेको गोलि मान्छेलाई लाग्यो ,
फागुन ३० ,दैलेख – स्याल लखेट्न पड्काएको बन्दुकको गोलि आफैलाई लागेर एक व्याक्ति घाईते भएका छन् ।
दैलेख जिल्लाको नौमूले गाउँपालिका २ बस्ने बिर्खबहादुर शाही घाइते भएका हुन् । जंगलमा बाख्रा चराउदै गर्दा स्यालले बाख्रामा आक्रमण गरेपछि स्याल लखेट्न पडकाएको बन्दुकको गोलि आफैलाई लागेर घाईते भएको प्रहरीले बताएको छ ।
उनको खुट्टा र हातमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख नैनबहादुर साँवदले जानकारी दिए ।
घाईते युवकलाई कर्णाली प्रदेशअस्पताल सुर्खेतमा उपचारको भईरहेको छ ।
घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको पनि साँवदले बताए ।

