कोरोनाविरुद्ध एकजुट हौ राष्ट्रपति भण्डारी ,
चैत १ ,काठमान्डौ – विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउनुपर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन् ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोनाभाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपायहरू अवलम्बन गरौं ! यस रोग विरुद्धको विश्वव्यापी अभियानमा हामी सबै एकजुट होऔं !
— Bidhya Devi Bhandari (@PresidentofNP) March 14, 2020
उनले शनिबार सामाजिक सञ्जालमा ट्विट गरी कोरोनाको संक्रमणबाट जोगिन यसविरुद्धको विश्वव्यापी अभियानमा एकजुट हुन सबैलाई अपिल गरेकी हुन् ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको नोभल कोरोना भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपाय अवलम्बन गरौं, यस रोगविरुद्धको विश्वव्यापी अभियानमा हामी सबै एकजुट होऔं’ उनले ट्विटमा भनेकी छन्।

