विषाक्त रक्सि सेवनबाट धनुषामा थप ५ जनाको मृतु मर्नेको संख्या २१ पुग्यो ,
चैत २ ,जनकपुरधाम – धनुषामा अवैध मदिरा सेवनका कारण फेरि ५ जनाको मृत्यु भएको छ ।
जिल्लाको लक्ष्मीनिया गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिकामा अवैध मदिरा सेवनका कारण ५ जनाको मृत्यु भएको हो ।
यो संगै विषाक्त मधिरा सेवनबाट मृतु हुनेको संख्या २१ पुगेको छ ।मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ५ बस्ने विश्वनाथ यादव र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बस्ने जितेन्द्र सदा भएको जिप्रका धनुषाले जनाएको छ ।
त्यस्तै, जनकपुरधाम वडा नम्बर ७ स्थित मुसहर वस्तिका मिथिला सदा, बनारसीदेवी सदा र झगरु सदाको पनि मृत्यु भएको जनाइएको छ ।
यति धेरैको मृतु भएपछि गाँउनै सोक्मगना भएको छ ।घटना संकास्पद भएको भन्दै प्रहरी उपरिक्षक रमेशकुमार बस्नेतले थप २२ जनालाई नियन्त्रणमा लिईएको बताए ।
प्रादेशिक अस्पताल जनकपुरमा पोष्टमार्टमका लागि शव राखिएको अस्पतालले जनाएको छ ।
यता, केही दिनअघि अवैध मदिरा खाएर मृत्यु भएकाहरुको परिवारजनलाई एक नेताले काजकिरियाका लागि आर्थिक सहयोग गरेका छन् ।
आईतबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ र २ रमदैया भवाडीमा अवैध घरेलु मदिरा सेवन गरी ज्यान गुमाएका १४ जनाका परिवारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री रघुवीर महासेठले किरिया खर्चबापत जनही २० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
अवैध घरेलु मदिरा सेवन गर्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित रमदैया भवाडी वडा नम्बर २ बस्ने ३५ वर्षीय ब्रम्ह्देव यादव, ४० वर्षीय रामविलास मण्डल, ६५ वर्षीय गुदर महरा, ५५ वर्षीय रामसखी सदा, ६० वर्षीय श्रीदेव यादव, ३० वर्षीय इन्द्रजित महरा, ४५ वर्षीय शत्रुधन मण्डल र वडा नम्बर १ बस्ने ३५ वर्षीय रामनारायण महरा, ३० वर्षीय राजु महरा, ४८ वर्षीय रामबहादुर यादव, भुटकुन सदा, विजय सदा, दशैंया महरा र निरस यादवको मृत्यु भएको थियो ।
पूर्वमन्त्री समेत रहेका महासेठले मृतकहरुको घरमै पुगेर किरिया खर्चवापत सो रकम प्रदान गरिएको जानकारी दिए ।
एकै ठाँउमा यति धेरै घटना हुनु दुख रहेको भन्दै तत्काल राम्रो संग अनुसन्धान अगाडी बढाउन प्रहरीलाई महासेठले आग्रह गरे ।
रमदैयामा विषाक्त मदिरा सेवनले ८ जनाको मृत्यु भएपछि धनुषा प्रहरीले घरेलु मदिरा उत्पादन गर्ने भट्टी भत्काउन थालेको छ ।
जिल्लाका विभिन्न स्थानमा वर्षाैंदेखि सञ्चालन हुँदै आएका भट्टी प्रहरीले शनिबार भत्काएको हाे ।
प्रहरी टोलीले शनिबार जिल्लामा घरेलु मदिरा बनाउने २२ भट्टी भत्काएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए।
प्रहरीले अवैध मदिरा उत्पादनमा रोक लगाएपनि लुकी छिपी मदिरा बनाउने धेरै रहेको प्रहरीले बताएको छ ।
मदिरामा युरिया मल ,पलस्टिक ,मोजा ,चप्पल ,कुहीइएको चिज मिसाउने समेत गरेको थाहा हुन आएको पत्ता लागेको प्रहरीले बतायो ।
यधपी अहिले यो बस्तीमा यति धेरैको कसरि मृतु भयो हामि अनुसन्धान गरिरहेका छौ प्रहरी उपरिक्षक रमेशकुमार बस्नेतले बताए ।

