Gold
Bangad salyan

कोरोनाको उच्च जोखिममा देखियो नेपालगञ्‍ज,भेरी अस्पतालमा नाम मात्रको आईसोलेसन ,

चैत २ ,काठमान्डौ – विश्वभरिनै फैलीएको (कोभिड १९ ) नेपालमा नदेखीएपनि नेपालको नेपालगन्ज नाकामा फैलनसक्ने उच्च जोखिम मानिन्छ ।

नेपाल भारत नाकामा रहेको नेपालगन्जमा दैनिक ४ देखि ५ हजार मानिस आवतजावत गरिरहेका हुन्छन ।

खुल्ला सिमानाका कारण जो कोहि आवतजावतमा सहजीकारण रहेकोले भारतबाट कोरोनाको संक्रमण नेपालगन्जमा भित्रिन सक्ने सम्भावना प्रवल रहेको बताईएको छ।

‘नेपालीहरु कामका लागि मात्र जाँदैनन्, उपचारका लागिसमेत भारतका विभिन्न स्थानमा गएर फर्किन्छन्,‘।

भारतमा देखिएको कोरोना भाइरसको संक्रमण सजिलै नेपालमा सर्नसक्ने भेरी अस्पतालका कोरोना भाइरस फोकल पर्सन समेत रहेका ग्याष्ट्रोलोजिष्ट फिजिसियन डा.संकेत रिसालले बताए।

अहिले सम्म विश्वमा कोरोनाले महामारीनै फैलाएको छ । हाम्रो छिमेकी मुलुक चीनबाट फैलीएको महामारी कोरोनाले नेपालमा प्रवेश गर्न सक्ने ।

,भारतमा पनि संक्रमणका बिरामी बढ्दो छन् र कतिको मृतु भईसकेको छ । तर नेपालमा भने यसको संक्रमण अहिले सम्म देखिएको छैन ।

देखियो भनेपनि नेपालमा संक्रमण रोक्न समेत गारो हुने स्वास्थ्य विज्ञहरु बताउछन । तेसैले हाम्रो खुल्ला सिमाना नाका रहेको नेपालगन्जमा सतर्कता अपनाउन सकीएनभने कोरोना फैलन सक्ने उच्च रहेको रिसालले बताए ।

सरकारले राजधानीका विभिन्न अस्पतालमा आईसोलेसनको तयारि गरेको छ तर नेपालगन्जमा रहेको सबै भन्दा बढी बिरामी आउने भेरी अस्पतालमा भने सरकारले कुनै तयारि गरेको छैन ।

अस्पतालमा पाँच बेडको आईसोलेसन छ तर कोरोना संक्रमित फेलापरेमा उपचारको लागि आवस्यक पर्ने ‘थ्रोड स्वाब’ (र्‍यालको स्याम्पल) लिन सक्ने अवस्था समेत नरहेको अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाशबहादुर थापाले बताए।

आइसोलेसन वार्डमा हुनुपर्ने कुनै पनि सुविधा छैन,’ उनले भने, ‘शंकास्पद ब्यक्तिको’ उनले कोरोना भाइरसका शंकास्पद विरामीको थ्रोड स्वाब संकलन गर्ने ज्ञान समेत चिकित्सक र प्राविधिकलाई नभएको बताए।

‘शंकास्पद बिरामीको थ्रोड स्वाब संकलन गरेर टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाउनु पर्ने हुन्छ, तर पठाउनका लागि अस्पतालसँग साधन र दक्ष प्राविधिक छैनन्,’ उनले भने।

उनले कोरोना भाइरसका बिरामी फेला परेको खण्डमा जाँच गर्न नसकिने बताए। बिरामीको जाँच गर्ने बेला स्वास्थ्यकर्मी र चिकित्सकले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीइ) नभएकोले जाँच गर्न सक्ने सम्भावना नरहेको डा. थापाको भनाई छ।

‘आफ्नो ज्यान जोखिममा राखेर कोरोना भाइरस लागेका विरामी वा शंकास्पद ब्यक्ति समक्ष जान सक्ने कुरै भएन,’ उनले भने, रेस्क्यू गर्ने साधन पनि अस्पतालसँग छैन। बिरामी जाँच गर्दा लगाउने एन ९५ मास्क पनि भेरी अस्पतालसँग छैन ।

शंकास्पद कोरोना भाइरसका संक्रमितलाई राख्नका लागि छुट्टै भवनमा आइसोलेसन वार्ड हुनुपर्छ र आईसोलेसनमा अजाने बाटोपनि फरक हुनुपर्छः।

चिकित्सक बाहेक अन्य व्याक्तिको पहुँच नपुग्ने ठाउँमा आइसोलेसन वार्ड बनाउनुहुनुपर्ने हो तर यहाँ जनरल वार्ड भएको भवनमै काम चलाउ आइसोलेशन वार्ड स्थापना गरिएको सुपरिटेन्डेन्ट डा. थापाले बताए।

विश्वका ११५ देशमा अहिले कोरोनाको महामारी रहेको छ । कोरोना संक्रमणको बारेमा आजमात्र दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका कार्यकारी प्रमुख तथा प्रतिनिधिहरूले भिडियो कन्फरेन्स गरेका छन् ।

जसबाट नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाको संक्रमण नभएको बताएका छन् ।नेपालमा कोरोना संक्रमण छैन र हुननदिन उच्च सतर्कता अपनाएको ओलीले बताए ।