सतुंगलबाट १२० कार्टुन माक्स बरामद ,
चैत ३ ,काठमान्डौ – काठमान्डौको सतुंगलबाट ६ लाख बराबरको सर्जिकल माक्स बरामद गरेको प्रहरीले बताएको छ ।
चन्द्रागिरि नगरपालिका,१० विष्णुदेवी गोदाममा १२० वटा कार्टुनमा राखिएका मास्क प्रहरीले बरामद गरेको हो ।
यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो ।
शनिबारयता काठमाडौंबाट आठ लाख ४० हजार थान मास्क प्रहरीले बरामद गरिसकेको छ ।
विश्वमै फैलीएको महामारो कोरोना भाईरसका कारण नेपालमा माक्सको कालोबजारी बढिरहेको छ ।
माक्समा कालोबजार रोक्न प्रहरी देखि बजार अनुगमनको टोलि सर्च अभियानमा सक्रिय देखिएको छ ।
२ देखि ३ रुपैया पर्ने माक्सलाई ५० रुपैया सम्म बेच्ने गरेको गुनासो आएपछि सरकारले बजार अनुगमानम अध्यान दिएको हो ।

